‘अबला’ श्रृष्टीको बलिउड फेस

भदौ २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को ‘अबला’ बोलको आइटम गीतमा कलाकार श्रृष्टी कार्कीले नृत्य गरेकी छिन् । स्पेनबाट पढेर आएर पहिलो पटक आइटम गर्ल बनेकी श्रृष्टी अब भने चलचित्रको नायिका नै बन्ने बताउँछिन् ।
यो चलचित्र निकै उत्कृष्ट बनेको दाबी श्रृष्टीको छ । आशिरमानद देशराज, आना शर्मादेखि सबैले उत्कृष्ट काम गरेको भन्दै उनले चलचित्र उत्कृष्ट बनेको बताइन् ।
श्रृष्टीलाई उनका साथीहरु बलिउडका ३ नायिकासँग तुलना गर्छन् । उनको अनुहार कसैले कट्रिना कैफ जस्तो भन्छन् त कसैले श्रुती हसन त कसैले नेहा शर्मा जस्तो ।
आइटम गीतबाट दर्शकमाझ परिचित बनेकी श्रृष्टी अब चलचित्रको नायिका बनेर स्टार बन्ने सोचमा छिन् ।
Published : Sunday, 2017 August 6, 7:43 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत