विदेशीसँग बिहे गरेका शिक्षामन्त्री र रास्वपाका स्वर्णिमबारे कांग्रेसद्वारा स्वयतपत्र माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको विदेशी नागरिक पतिका बारेमा प्रश्न उठेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निजामती कर्मचारी र सार्वजनिक पदमा रहेकाहरूबारे स्वयत पत्र जारी गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले सार्वजनिक पद धारण गरेकाहरूबारेमा आवासीय अनुमतिका विषयमा जानकारी माग गरेका हुन् ।

उनले भने, ‘निजामती कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विदेशी नागरिक र आवासीय अनुमतिको कुराहरू आएको छ ।’

‘सरकारले को को व्यक्तिहरू त्यस्ता छन् ? छिटो स्वयत पत्र जारी गरोस्’, कांग्रेसका सांसद खतिवडाले भनेका भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विदेशी नागरिकसँग विवाह गरेकी छिन् । श्रेष्ठका पति मन्त्री निवास पुल्चोक, ललितपुरमा सँगै बस्दै आएका छन् ।

मन्त्री श्रेष्ठले आफ्ना विदेशी नागरिक पतिका बारेमा जानकारी गाउनुपर्ने र उनको हैसियतका बारेमा जानकारी गराउनुपर्ने माग उठ्दै आएका बेला कांग्रेसले स्वयत पत्रको माग गरेको छ ।

रास्वपाका सांसद डा.स्वर्णिम वाग्लेले पनि विदेशी महिलासँग विवाह गरेका छन् । डा.वाग्लेकी श्रीमतीको विषयमा पनि स्वयत पत्रमार्फत जानकारी गराउनुपर्ने माग उठेका छन् ।

विदेशी नागरिकसँग विवाह गरेका श्रेष्ठ, डा.वाग्लेसहित सार्वजनिक पदमा बसेका सबैले आफ्नो पति र पत्नी कुन हैसियतमा नेपालमा बसेका छन् त्यसबारेमा जानकारी गराउनुपर्छ । उनीहरूसँग विवाह गरेर नेपालमा बसेका विदेशी नागरिकहरू ती देशका एजेन्ट हुन् वा अन्य कुनै गतिविधि गरिरहेका छन् त्यस विषयमा सरकारले चनाखो भइ ध्यान दिनुपर्छ ।

Published : Wednesday, 2024 June 12, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया