नमकहराम धोकेबाज निर्मल पुर्जाको हर्कतको बजगाइँद्वारा विरोध, नेपाली नागरिकताको दुरुपयोग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले हिमाल आरोही निर्मल पुर्जाको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बजगाइँले निर्मल पुर्जाले अर्काको देशको झण्डा बोकेर हिमालको चुचुरोलाई ढाकेको भन्दै विरोध जनाएका हुन् । नेपाली नागरिकता बोकेर हिमाल आरोहण गर्ने, आरोहण गरेर फर्किने वित्तिकै अर्को देशको नागरिकता बोकेर हिँड्ने कार्यको विरोध गर्दै बजगाइँले आरोहीहरूको मानसिक लगायतको परीक्षण आवश्यक रहेको बताए ।

उनले भने, ‘२०१० मा अन्तिम पटक सर एडमण्ड हिलारी नेपाल आउनुभएको थियो । त्यस बेला उहाँले सनसनीपूर्ण अन्तर्वार्ता दिनुभएको थियो की अब नेपालमा अब हिमालहरू आरोहण गर्दाखेरी पछाडि फेर्किएर उल्टो हिँडेर गर्नेछन् भन्नुभएको थियो ।’

‘नेपालका हिमालहरू कहिले चुचुरोहरू चाहिँ देशको नाममा स्थानीय सरकारले इंगित गरिदिएको हुन्छ, नामाकरण गरिदिएको हुन्छ’, उनले भने ।

‘कतिपय अवस्थामा नेपाली नागरिक नागरिकता बोकेर नेपाल सरकारले सम्मानका साथ ८÷८ वटा हिमाल आरोहण गर्ने अनुमति दिएका हुन्छन्’, सांसद बजगाइँले भने ।

‘त्यसपछि लगत्तै विवादित मानिसहरूले आफ्नो नागरिकता त्यागेर विदेशी नागरिकता ग्रहण गरेका हुन्छन्’, उनले भने, ‘यो विषय मैले निर्मलपुर्जाजीको विषयमा मैले यहाँ इंगित गर्न खोजेको हुँ ।’

सांसद बजगाइँले भने, ‘कहिले उहाँले आमादब्लमको चुचुरोलाई १०२ केजीको कुबेती झण्डाले ढाक्नु हुन्छ । नेपाल सार्वभौमसत्ता सम्पन्न देशमा यस्ता हर्कतहरू तत्काल बन्द गर्नुपर्नेछ ।’

‘हिमाल आरोहीहरूले उनीहरूको चालचलन, उनीहरूको दिमागी सन्तुलन ती सबै नाप हुनुपर्छ भन्ने मलाई लाग्दछ’, उनले भने, ‘अघिल्लो चोटी यहि सदनमा बोलेको फेरि पनि मैले विशेष ध्यानाकृष्ट होस् भनेर म आग्रह गर्न चाहन्छु ।’

Published : Tuesday, 2024 June 11, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया