प्रधानमन्त्री दाहाल र भारतका केन्द्रीय मन्त्री जयशङ्करबीच भेटवार्ता

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नवनियुक्त केन्द्रीय मन्त्री एस. जयशङ्करबीच भेटवार्ता भएको छ ।

सोमबार नयाँदिल्लीमा दाहाल बसेको होटल ताजमा आएर जयशङ्करले भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले जयशङ्करलाई बधाइ तथा कार्यकालको शुभकामना दिएका छन् ।

दाहाल र जयशङ्करबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनबारे कुरा भएको बुझिएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली गएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन दाहाल दिल्ली गएका थिए ।

Published : Monday, 2024 June 10, 2:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया