वीर अस्पतालका १०० नर्सहरूको नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए ?

काठमाडौं । चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवा कर्मचारी अन्तर्गत नर्सहरू (पाँचौ तह)को नतिजा प्रकाशन गरेको छ ।

आइतबार १ सय जना नर्सहरूको नतिजा सार्वजनिक भएको सूचनामा उल्लेख छ । २० जना नर्सहरूलाई बैकल्पिक सूचीमा राखिएको छ ।

प्रकाशित विज्ञापनमा स्वतः कायम हुने गरी नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, स्टाप नर्स (पाँचौ तह) पदको लागि भएको विज्ञापन अन्तर्गत पद संख्या १ सयको लिखित परीक्षाको प्राप्ताङ्कका आधारमा योग्यताक्रम कायम हुन आएको नतिजा सार्वजनिक गरिएको छ ।

पदपूर्ति समितिको जेठ २७ गतेको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

पहिलो नम्बरमा नीमा ढकाल, दोस्रोमा रस्मिता महत, तेस्रोमा पदमकुमारी पौडेल परेका छन् । १०० नम्बरमा शिवानी भुजेलको नाम परेको छ ।

नर्सहरूको नतिजालाई प्रभावित बनाउन मन्त्रीसहितकाे गिराेहले विभिन्न चलखेलहरू गरेका थिए । वीर अस्पतालको व्यवस्थापन र केही उच्च तहका कर्मचारीहरूले अडानसहित उचित निर्णय गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रमोद यादव र केही बदमास कर्मचारीहरूले नर्सको नतिजा बिथोल्न गरेको प्रयास असफल भएको छ ।

Published : Sunday, 2024 June 9, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया