सर्वोच्चले जसपाको विवाद पूर्ण इजलासमा पठाइदियो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ ।

आइतबार न्यायाधीशद्वय हरि फुयाल र तिलप्राद श्रेष्ठको इजलासले जसपा विभाजनको मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

वैशाख २३ गते जसपा नेपालका ७ जना प्रतिनिधिसभाका सांसदसहितका नेताले पार्टी विभाजन गरेका थिए ।

अशोक राईको समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले वैशाख २४ गते अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी नाममा नयाँ दल दर्ता गरेको थियो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका नेताहरूले दिएको निवेदनका आधारमा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय संविधान र कानून विपरीत भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

Published : Sunday, 2024 June 9, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया