प्रदर्शनमा उत्रिएका विद्यार्थीले सरकारी गाडी जलाएर ध्वस्त पारिदिए

विराटनगर । प्रदर्शनमा उत्रिएका विद्यार्थीले विराटनगरमा सरकारी गाडीमा आगो लगाएर नष्ट गरिदिएका छन् ।

आइतबार बिहान प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा ढुङ्गामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् ।

विद्यार्थी शुक्रबारदेखि आन्दोलनमा छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा उनीहरू आन्दोलनरत छन् ।

विद्यार्थीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएको प्रहरीले जनाएको छ । विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।

विद्यार्थीको समूह रंगली नगरपालिकाभित्र प्रवेश गरेर नगर प्रहरीमाथि आक्रमण गरेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको थियो ।

Published : Sunday, 2024 June 9, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया