माेदी भारतको प्रधानमन्त्री तेस्रो पटक बन्न लागेकोमा कांग्रेस नेता भण्डारीले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले भारतमा तेस्रो पटक प्रधानमन्त्री पदको शपथग्रहरण गर्न लागेकोमा नरेन्द्र मोदीलाई बधाइ तथा सफलताको शुभकामना दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गरेर नेता भण्डारीले भने, ‘भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनपश्चात भारतीय जनता पार्टीका लोकप्रिय नेता सम्माननीय श्री नरेन्द्र मोदी भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना ज्ञापन गर्दछु ।’

‘नेपाल र भारतबीचको सम्बन्ध युगाँै युगदेखि सौहार्द र विशिष्ट रहँदै आएको छ’, उनले भने ।

‘दुई देशबीचका धार्मिक, सांस्कृतिक एवम् भाषिक समानता जस्ता बहुआयामिक पक्षहरू छन्’, भण्डारीले भने ।

‘जसले फरक फरक देश भए तापनि उच्चस्तरको हार्दिकता कायम छ’, नेता भण्डारीले भनेका छन् ।

‘भारत जस्तो विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको प्रधानमन्त्रीका रूपमा तेस्रो पटक पदभार ग्रहण गर्दै गर्दा वहाँको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास लिएको छु’, नेता भण्डारीले भने ।

‘हाम्रो देश नेपालको हितले भारतको समेत हित गर्ने भएकाले नेपालको प्रगति र समृद्धिमा भारतको सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गरेको छु’, उनले भने ।

‘यहाँको कार्यकालमा भारतको सफलता तथा प्रतिष्ठा विश्वमा थप सुदृढ बनोस् भन्ने कामना गर्दछु’, भण्डारीले भने ।

Published : Sunday, 2024 June 9, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया