भारत भ्रमणबारे प्रचण्डद्वारा ओलीलाई बिफ्रिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान बालुवाटारमा दाहाल र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूका बीच भारत भ्रमणका विषयमा छलफल केन्द्रित रहेको छ ।

भारत भ्रमणमा जानुभन्दा अगाडि सरकारको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष ओलीलाई बालुवाटारमा बोलाएर ओलीले छलफल गरेका छन् । आफ्नो भारत भ्रमणको उद्देश्याका विषयमा ओलीलाई दाहालले जानकारी गराएका छन् ।

भारतविरुद्ध ओलीले फेरि जथाभावी अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ कार्यक्रममा जाने कार्यक्रम सार्वजनिक हुनेवित्तिकै ओलीले भारतलाई चिढ्याउने गरेर अभिव्यक्ति दिएका छन् ।

यसअघि, शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गरेका थिए ।

Published : Sunday, 2024 June 9, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया