बागमती कांग्रेसको निर्माण तथा यातायात विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेसको बागमती प्रदेश भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

बागमती प्रदेश कार्यसमितिका सदस्य विक्रम लामा प्रमुख रहेको विभागमा सभापति बानियाँले आइतबार १३ सदस्यहरू मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागको सदस्यहरूमा चेतबहादुर तामाङ (काभ्रेपलाञ्चोक), राजकुमार चौरेल (ललितपुर), बिनुलक्ष्मी ताम्राकार (भक्तपुर), कमल खत्री (भक्तपुर) मनोनयन भएका छन् ।

खड्गप्रसाद सिवाकोटी (दोलखा), रमेश पौडेल (धादिङ), राजन कार्की (चितवन), पदमबहादुर भण्डारी (सिन्धुपाल्चोक)लाई पनि सभापति बानियाँले सदस्यमा मनोनयन गरेका छन् ।

विभागको सदस्यमा मनोनयन हुनेमा सन्तोषकुमार रोक्का (रामेछाप) नेत्र प्रधान (मकवानपुर), निर्मल थापा (सिन्धुली), हरि पनेरु (रसुवा) र विकाशकाजी श्रेष्ठ (सिन्धुपाल्चोक) छन् ।

Published : Sunday, 2024 June 9, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया