वीर अस्पतालमा १ सय नर्सको नतिजा लुकाएर गोलमाल, आफ्ना छिराउन मन्त्रीकाे बदमासी

काठमाडौं । वीर अस्पतालमा प्रक्रिया पुर्‍याएर नर्सहरूको परीक्षा लिन बनेको परीक्षा समितिले तयार पारेको नतिजालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रमोद यादव आदेश र वीरका सीमित उच्च तहका कर्मचारीहरूको मिलाेमताेमा गुपचुप पारेका छन् ।

वीर अस्पतालले १ सय जना अस्थायी नर्सहरूका लागि आवेदन मागको थियो । नतिजा एकहप्ता अगाडि नै सार्वजनिक हुनुपर्ने थियो । तर, सेटिङमा आफ्ना नर्सहरू छिराउन नतिजालाई लुकाएर राखिएको छ ।

नर्सहरूकाे लिखित परीक्षा लिएर समितिले प्राप्त अङ्कअनुसार सूची बनाएर परीक्षा प्रकाशन गर्न बनेको समितिलाई दिइसकेकाे छ । तर, परीक्षाको नतिजा सार्वजनिक नगरेर गुपचुप बनाइ मन्त्री यादव र वीरका केही उच्च कर्मचारीहरूले आफ्ना मान्छे छिराउन गोलमालको प्रयास गरिरहेको एक कर्मचारीले बताएका छन् ।

लिखित परीक्षाको नतिजाका आधारमा परीक्षा समितिले योग्य १ सय नर्सहरूको सूची तयार पारेर नतिजा सार्वजनिक गर्न बनेको समितिलाई दिएको छ । आफ्ना नर्स छिराउन लिखित परीक्षाको नतिजालाई बेवास्ता गर्दै चलखेल भएपछि विरोध भएको स्रोतले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपाललाई विभाजन गरेर आएका प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि एक सय जना नर्सको नतिजालाई राजनीतिक हस्तक्षेपमा दवाव दिएर राखेर गैह्रकानूनी तरिकाले उथलपुथलको प्रयास गरेका छन् ।

मन्त्री यादवले पनि नर्सहरूको लामो सूची वीर अस्पतालमा पठाएका छन् । मन्त्री र सीमित उच्च कर्मचारीहरूको स्वार्थका कारण परीक्षा लिएर सिफारिस गर्न बनेको समितिले तयार पारेर बुझाइसकेको नतिजालाई दराजमा लुकाएर राखिएको ती कर्माचारीले बताएका छन् ।

Published : Sunday, 2024 June 9, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया