युथ फोर्सका ‘टाइगर’को समूह तरुण दलमा प्रवेश, अध्यक्ष गुरुङद्वारा स्वागत

काठमाडौं । नेपाल तरुण दलमा एमाले समर्थक युथ फोर्स केन्द्रका कोट कमाण्डरसहित चार जना नेता कार्यकर्ता प्रवेश गरेका छन् ।

नुवाकोट क्षेत्र नं. १ शिवपुरी गाउँपालिकामा शनिबार आयोजित नेपाल तरुण दल नुवाकोटको भेटघाट कार्यक्रममा अध्यक्ष विद्वान गुरुङले युथफोर्सका नेता कार्यकर्ताहरूलाई तरुण दलमा प्रवेश गराएका हुन् ।

तरुण दल केन्द्रीय सदस्य सञ्जीव गुरुङको संयोजनमा युथ फोर्सका नेता कार्यकर्ताहरू तरुण दलमा प्रवेश गरेका हुन् ।

तरुण दल प्रवेश गर्नेमा युथ फोर्सका कोट कमाण्डर मनोज घले ‘टाइगर’सहित रमेश पाण्डे, सुवास थापा र बुद्धि तामाङ तरुण दल प्रवेश गरेका हुन् ।

अध्यक्ष गुरुङले तरुण दलको अनुशासन, नीति र संगठन निर्माणमा लाग्न नवप्रवेशीहरूलाई निर्देशन समेत दिएका छन् ।

नुवाकोट तरुण दलका नेता कार्यकर्ताका साथै केन्द्रीय सदस्य विकास बस्नेत, दिनेश लामा, सरोज शाही, सञ्जीव गुरुङको पनि उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 June 8, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया