सभापति डा.राणाद्वारा कुसादेवीमा निर्माणधीन आदित्य मोक्षधामको अवलोकन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले ‘आदित्य मोक्षधाम’को निर्माण कार्यको अवलोकन गरेकी छिन् ।
काभ्रेको कुसादेवीमा निर्माण भइरहेको मोक्षधामको शनिबार सभापति डा.राणाले अवलोकन गरेकी हुन् ।
बालयोगी आदित्य दाहालको परिकल्पनामा काभ्रेको कुसादेवीमा ‘आदित्य मोक्षधाम’को निर्माण कार्य भइरहेको छ । मोक्षधामको निर्माण कार्य सम्पन्न भएपछि धार्मिक पर्यटनलाई सहयोग हुने आफूले अपेक्षा लिएको डा.राणाले बताएकी छिन् ।
सभापति डा.राणाले आदित्य मोक्षधाम निर्माणस्थलको अवलोकन गर्ने मौका प्रदान गरिएकोमा निर्माण समितिलाई धन्यावाद समेत दिएकी छिन् ।
आदित्य मोक्षधामको अवलोकनका लागि सभापति डा.राणाका साथै पताञ्जलि योग पीठका आचार्य बालकृष्ण, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्या.रामेश्वर थापा, व्यवसायी डा.उपेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।




बिचार/ब्लग

कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया