म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र बेनीषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ ।

पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनीषालाई अभिनयमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनीषाको हट अवतार देख्न सकिन्छ ।

गोविन्द भट्ट यस गीतका गीतकार हुन् । बाबुल गिरी संगीतकार छन् । भिडियोमा प्रियंकार बेनीषासँग दुबैको जोडी सुहाएको देख सकिन्छ ।

गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मसले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

Published : Friday, 2024 June 7, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया