एमालेका सांसद एवम् प्रभु बैंकका अध्यक्ष भट्टचनलाई मातृशोक

काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद देवीप्रकाश भट्टचनलाई मातृ शोक परेको छ ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायीकी आमा यामकुमारी भट्टचनको निधन भएको परिवारजनले जनाएका छन् । आमा यमकुमारी भट्टचनको शुक्रबार बिहान काठमाडौंमा निधन भएको हो ।

स्व.यमकुमारी भट्टचनको अन्तिम दाहासंस्कार शुक्रबार थकाली समाज घर बनस्थलीमा हुने जनाइएको छ ।

बाग्लुङ जिल्ला स्थायी घर रहे पनि सांसद भट्टचन काठमाडौंमा परिवारसहित बस्दै आएका छन् ।

Published : Friday, 2024 June 7, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया