उपाध्यक्ष डा.लामा र शान्सी प्रान्तका उपमन्त्री होङवीच भेटवार्ता

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चीनको शान्सी प्रान्तीय कङ्ग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङवीच भेटवार्ता भएको छ ।

मन्त्रीस्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्विक स्थलहरूको संरक्षण विकास र प्रवर्द्धन एवम् लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्ने लगायतका विषयमा छलफल भएको छ ।

उपाध्यक्ष डा.लामाले बुद्धजन्मस्थल लुम्बिनी पवित्रस्थल भएकाले चिनको शान्सी प्रान्तबाट तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गराउन आग्रह गरेका छन् ।

उपाध्यक्ष डा.लामाले लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न आफुहरु लागि परेको बताउँदै लुम्बिनीको विकासका लागि छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्न तयार रहेको बताए ।

लुम्बिनी विश्वभरका बौद्ध सम्प्रादाय र शान्तिमार्गीहरूको केन्द्र भएकाले विश्वव्यापी प्रचार गर्नका लागि उपाध्यक्ष लामाको होङसँग आग्रह गरेका हुन् ।

भेटमा शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङले आफू बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउदा निकै खुशी भएको बताउँदै आगामि दिनमा सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

शान्सी प्रान्तका तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणका लागि प्रोत्साहन गर्ने प्रतिबद्धता समेत भएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिएका छन् ।

भेटवार्तापछि उपाध्यक्ष डा.लामा र शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङवीच उपहार साटासाट गरिएको थियो ।

Published : Thursday, 2024 June 6, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया