काठमाडौं उपत्यका अपराध कार्यालयका बबाली ईन्स्पेक्टर नै पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत प्रहरी निरीक्षक (ईन्स्पेक्टर) बिदुर शिवाकोटी पक्राउ परेका छन् ।

घरेलु कामदार १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ईन्सपेक्टर शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) बसन्त रजौरेले पत्रकारहरूलाई बताएका छन् ।

१४ वर्षीया बालिका ईन्स्पेक्टर शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी थिइन् । ती बालिकालाई शिवाकोटीले नै पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए ।

बालिकाको उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले ईन्स्पेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएको छ । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2024 June 6, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया