कृषक समूहलाई नगद पुरस्कार, पोखरामा कृषि मेला

पोखरा । पोखरा महानगरपालिकामा भएको कृषि जैविक विविधता प्रदर्शनी मेला २०८१ सम्पन्न भएको छ ।
४३औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमूना प्राङ्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) को संयुक्त आयोजनामा मेला भएको थियो ।
मेलामा रहेका १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बाली राखिएको थियो । मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गीत प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखिएको थियो ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा भएको कृषि जैविकता संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए ।
मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमूना प्राङ्गारिक कृषक समूह प्रथम भएको छ ।
प्रथम भएको समूहले नगद ६ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । द्वितीय भएको मणिदीप कृषक समूहले नगद ५ हजार रुपियाँ पाएको छ । पिपलडाली काफलबारी कृषक समूह तेस्रो बनेको छ । तृतीय भएको समूहले ४ हजार पुरस्कार पाएको छ ।
प्रतियोगितामा सहभागी भएको अन्य ७ समूहलाई प्रोत्साहन स्वरुप ३/३ हजार दिइएको कृषि सञ्जाल पोखरा १३ का अध्यक्ष टेकनाथ बरालले जानकारी दिए ।
प्रतियोगितामा भाग लिएको विद्यालयको समूहलाई पनि प्रतिविद्यालय २५/२५ सय रुपियाँ प्रोत्साहन पुरस्कार दिइएको छ । सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया