कांग्रेस सभापति देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमा मोदीलाई मेन्सन गर्दै सभापति देउवाले बधाई दिएका हुन् ।

सभापति देउवाले भने, ‘नेपालका परममित्र तपाई भारतीय जनता पार्टी (बिजेपी) र एनडीएको जितपछि लगातार तेस्रो कार्यकाल भारतको प्रधानमन्त्री बन्न लागेकोमा बधाई छ ।’

‘तपाईंको नेतृत्व, समर्पण, र दृष्टिले भारतको उज्ज्वल भविष्यलाई प्रेरणा र आकार दिन्छ’, सभापति देउवाले भनेका छन् ।

भारतीय जनता पार्टी र एनडीएले बहुमत ल्याएको छ । बहुमतसँगै मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको सपथको तयारी गरेका छन् ।

Published : Thursday, 2024 June 6, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया