बजेटमा समावेश जनयुद्ध भन्ने शब्द संविधानले चिन्दैन : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रसका सांसद रामहरि खतिवडाले सरकारले ल्याएको बजेटमा राखिएको ‘जनयुद्ध’भन्ने शब्दावलीलाई संविधानले नचिन्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छफलमा सहभागी हुँदै कांग्रेसका सभापति खतिवडाले भने, ‘बजेट ल्याउने बेलामा माननीय अर्थमन्त्रीज्यू सशस्त्र द्वन्द्वमा धेरै काम गरेर आएको नेता हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्व भन्ने शब्द प्रयोग गरेको भए हुन्थ्यो ।’

राज्य व्यवस्था समितिका सभापति समेत रहेका सांसद खतिवडाले भने, ‘जनयुद्ध भन्ने शब्द जुन संविधानले परिचित गरेको थिएन त्यसलाई राख्दा हामीलाई आनन्द आएन भन्नेहरू होइन तर, संविधान विपरित यी शब्दहरू प्रयोग गरिए भन्ने कुरा हामीलाई लागेको छ ।’

‘जुन कुरा हामीले सशस्त्र द्वन्द्व भनेर उल्लेख गरेका थियौँ’, सभापति खतिवडाले भनेका छन् ।

कथित जनयुद्ध भन्ने शब्दावलीको कांग्रेसका सांसद खतिवडाले बिरोध गरेर संवैधानिक व्यवस्था स्मरण गराएका छन् ।

Published : Wednesday, 2024 June 5, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया