सभापति यादवद्वारा अभिलेख संरक्षण विधेयक संसदमा पेस

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेस गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभापति यादवले ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १२१ बमोजिम अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेस गरिएको सभापति यादवले बताएका छन् ।

Published : Wednesday, 2024 June 5, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया