तत्कालीन राष्ट्रपति विद्या भण्डारीबाट पदक पाएकी भ्रष्टाचारी महिला अधिकृत

काठमाडौं । जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महत भ्रष्टाचारमा दोषी ठहर भएकी छिन् ।
विशेष अदालतले महतलाई भ्रष्टाचारी ठहर गरेको हो । ०७९ असारमा दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले माघ १२ गते फैसला महतलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
महतले सेवाग्राहीसँग घुसबापत एक लाख ५० हजार रुपियाँ लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो । हालै आएको फैसलाको पूर्ण पाठमा महतले सेवाग्राहीको काम गरिदिन घुस रकम लेनदेनका लागि लामो समयदेखि बाध्य बनाएको उल्लेख छ ।
अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता गर्ने कामका लागि महतले सेवाग्राहीसँग घुस मागेकी थिइन् ।
०७९ वैशाख १ गते महतले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट राष्ट्रसेवकका रूपमा जनसेवाश्री चतुर्थ पदकबाट विभूषित भएकी थिइन् । उनले पदकको सम्मान राख्न सकिनन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया