कांग्रेस सांसद खतिवडाद्वारा घुर्मी पुल, सडकको बजेट, पहिरे पुल, अस्पतालमा बजेट माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मध्ये पहाडी राजमार्गको घुर्मी पुल छिटो निर्माण गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले भने, ‘मध्ये पहाडी राजमार्गको घुर्मीमा निर्माणधीन पुल वर्षौंदेखि अलपत्र परेको छ । त्यो पुल छिटो निर्माण गर्ने काम सरकारले गरोस् ।’
उनले भने, ‘ओखलढुङ्गा, सोलु र खोटाङको चतरा–घुर्मी सडकलाई यथेष्ट रकम विनियोजन गरी ती जनालाई आफ्नो प्रदेशको राजधानी जाने बाटो चतरा–घुर्मी सडकलाई रकमको व्यवस्था होस् ।’
‘ओखलढुङ्गाको मानेभञ्ज्याङ र मोलुङमा अस्पताल निर्माणका लागि २०७५ सालमा रकम विनियोजन भयो भनेर शिलान्यास गरयो’, खतिवडाले भने, ‘आजसम्म रकम विनियोजित नभएर स्वास्थ्य केन्द्रहरू र हस्पिटल बन्न सकेका छैनन् । त्यसका लागि यथेष्ठ रकम व्यवस्था होस् ।’
‘ओखलढुङ्गाको तोक्सेलमा १६६ रोपनी जग्गा प्रादेशिक हस्पिटल निर्माण गर्नको निम्ति सरकारले जग्गा अधिग्रहरण ग¥यो’, खतिवडाले भने, ‘आत्तिएर आजसम्म हस्पिटल निर्माण भएको छैन । त्यहाँ तुरुन्त हस्पिटलको व्यवस्था होस् ।’
सांसद खतिवडाले भने, ‘ओखलढुङ्गाको पहिरे पुल अहिलेसम्म अलपत्र परेर बसको छ ।’
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया