तरुण दलका ४ केन्द्रीय सदस्यद्वारा भवनका लागि सहयोग, हालसम्म ७२ लाख संकलन

काठमाडौं । नेपाल तरुण दलको भवन निर्माणका लागि थप चार जना केन्द्रीय सदस्यहरूले आर्थिक सहयोग गरेका छन् ।

केन्द्रीय सदस्य विकास बस्नेतले १ लाख ११ हजार १ सय ११ रुपियाँ, निरोज महर्जनले १ लाख १ सय, रिशिवी थापा मगरले १ लाख १ सय र सुशील खड्काले २५ हजार आर्थिक सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

चार जना केन्द्रीय सदस्यबाट तीन लाख छत्तीस हजार तीन सय एघार रुपियाँसहित हालसम्म ७२ लाख १४ हजार ४ सय १३ रुपियाँ सहयोग रकम संकलन भइसकेको अध्यक्ष विद्वान गुरुङले बताएका छन् ।

अध्यक्ष गुरुङले तरुण दलको नयाँ भवन निर्माणमा केन्द्रीय सदस्यहरूबाट भएको आर्थिक सहयोगप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।

अध्यक्ष गुरुङले आर्थिक सहयोग संकलनको कार्य जारी रहेको र तरुण दलको नयाँ भवन बनाउने अभियानमा सहयोग गर्न पनि अपील गरेका छन् ।

Published : Tuesday, 2024 June 4, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया