संगीतकार एवं गायक श्रेष्ठद्वारा एकल गजल प्रस्तुति

काठमाडौं । संगीतकार तथा गायक सन्तोष श्रेष्ठले एकल गजल गायनको प्रस्तुति दिएका छन् ।

शनिबार काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा श्रेष्ठले एकल गजल गायनको प्रस्तुति दिएका हुन् । उनले आफैले संगीत दिएका गजलहरू प्रस्तुत गरेका थिए । गजलकार धनेन्द्र ओझा र राधा कँणेलका शब्द रहेको गजलहरू श्रेष्ठले प्रस्तुत गरेका छन् ।

एकल ‘गजल गायन’ कार्यक्रम आयोजक गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा गरिएको थियो । गजलकार ओझाका तीन र कँणेलका दुई वटा गजललाई प्रस्तुत गरिएको छ ।

गजल गायन कार्यक्रममा नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञा प्रतिष्ठान, कलर क्राफ्ट, अनाम मण्डली, आधुनिक नेपाली गजल अभियान, उत्सव, शब्दघर, जरुवा, माहुरी, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, राप्ती समाज काठमाडौं, राप्ती साहित्य परिषद्, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, काव्यालय, गोधूलि साहित्य प्रतिष्ठान, गजल अभियान दाङ, दियालो साहित्य सरगमले श्रेष्ठलाई साथ दिएका छन् ।

गजल गायन कार्यक्रममा वाद्यवादनमा तबलामा रमेश डङ्गोल, गितारमा राजकुमार समाल, बाँसुरीमा धनबहादुर गुरुङ र सारङ्गीमा खुम केसीले साथ दिएका छन् ।

कार्यक्रममा अग्रज साहित्यकार डा. भोजराज घिमिरे, साहित्यकार प्रोल्लास सिन्धुलीय, गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, प्रकाश समिर गजलकार बाबु त्रिपाठी, अनाम मण्डलीका अध्यक्ष रूपक अलङ्कार, आधुनिक नेपाली गजल अभियानका अध्यक्ष विपीन सलामी लगायतको उपस्थिति रहेको थियो ।

श्रेष्ठको सङ्गीत र गजलकार ओझाको गजल एल्बम ‘शुभेच्छा’माथि वरिष्ठ सङ्गीतकार राजु सिंहले चर्चा गरेका थिए ।

Published : Sunday, 2024 June 2, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया