रियल म्याड्रिडलाई युरोपियन च्याम्पियनकाे उपाधि

लण्डन । रियल म्याड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार लण्डनस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनलमा रियल म्याड्रिडले उपाधि जितेको हो । जर्मनी र बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको छ ।

रियल म्याड्रिडको तर्फबाट ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

कार्भाजालले ७४औं र जुनियरले ८३औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् ।

Published : Sunday, 2024 June 2, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया