सशस्त्र प्रहरीद्वारा नेपाल-भारत नाकाबाट एक करोड बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सुनसरी जिल्लामा स्रोत नखुलेको रकम १ करोड १ लाख रुपियाँ बरामद गरेको छ ।

शनिबार राति हरिनगर गाउँपालिका वडा नं. ५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख ) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ ।

रकमसँगै कार र चालक हरिनगर गाँउपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सशस्त्र पहरीले बरामद गरेको रकम हुन्डी कारोबारको हुन सक्ने प्रारम्भीक आशंका रहेको छ ।

Published : Sunday, 2024 June 2, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया