कांग्रेस नेतृ उर्मिला प्रमुख रहेको विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

शुक्रबार कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागको सदस्यहरूमा दश जनालाई मनोनयन गरेका छन् । कांग्रेसकी केन्द्रीय सदस्य सीता थपलिया ‘उर्मिला’ विभागको प्रमुख छिन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा खगेन्द्र आचार्य (काठमाडौं), विस्वामित्र रिजाल (सर्लाही), अशोककुमार साह (सिराहा)लाई मनोनयन गरिएको छ ।

मुकेश गुप्ता (रौतहट), रवि सापकोटा (नवलपुर), रामकृष्ण ढुङ्गेल (रामेछाप), विपिन राई (संखुवासभा), उपेन्द्र जोशी (कैलाली), वसन्त जोशी (दाङ्ग) र लक्ष्मी कार्की (सुर्खेत) पनि सदस्यमा मनोनयन भएका छन् ।

Published : Friday, 2024 May 31, 3:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया