प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन, घर जान लागेका उच्च प्रहरीलाई फाइदा हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रहरीको उमेरहदसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा लामिछानेले कार्यदल बनाएका हुन् । कार्यदल ७ सदस्यीय रहेको छ ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेका छन् ।

कार्यदललाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकल गर्न अध्ययन गरिने उल्लेख गरिएको थियो ।

उमेर हदसम्बन्धी नयाँ व्यवस्था भयो भने उच्च तहका धेरै प्रहरीलाई ठूलो असर पर्नेछ । घर जान लागेका केही उच्च प्रहरीलाई भने फाइदा हुनेछ ।

Published : Thursday, 2024 May 30, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया