यी ४ डीआइजीको पदस्थापना, कार्कीलाई प्रवक्ताको जिम्मेवारी, ३ डीआइजीको काज र सरुवा

काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरूको पदस्थापना भएको छ ।

प्रहरी मुख्यालय नक्सालद्वारा बुधबार जारी भएको सूचनाअनुसार डीआइजी कृष्णहरि शर्मा पोखरेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।

डीआइजी दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी महानिरीक्षकको कार्यालय सचिवालय नक्सालमा पदस्थापना गरिएको छ । डीआइजी कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
डीआइजीद्वय मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्साल र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पदस्थापना भएको छ ।

यसैबीच, प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल दरबन्दी रहेका डीआइजी रामदत्त जोशीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा काज सरुवा भएको छ ।

साइबर व्यूरो भोटाहिटी दरबन्दी रहेका डीआइजी लालमणि आचार्यलाई प्रहरी शिक्षालय भरतपुरमा काज सरुवा भएको छ ।

डीआइजी अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएको छ ।

Published : Wednesday, 2024 May 29, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया