पदको दुरुपयोग नगर्न अध्यक्ष नेपालको चेतावनी, परिषदको अधिवेशन तोकिएकै समयमा हुने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन परिषद नेपालले संगठनको नाममा व्यक्तिगत र स्वयच्छाकारी ढङ्गले कोही कसैलाई पदको दुरुपयोग गरी परिषदको चिठ्ठी वा जिम्मेवारी हस्तान्तरण गरेको भन्दै भर्त्सना गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरेर परिसदका अध्यक्ष निराजन नेपालले भने, ‘संगठनभित्र भएका यस्ता अमर्यादित, अवैधानिक गतिविधिले पार्टीमा नै प्रश्न चिन्ह खडा हुने अवस्था रहेको छ ।’

‘आम विद्यार्थी नेता, कार्यकर्ताहरूमा निराशाजनक भ्रमको सन्देश प्रावह हुने भएकाले यस्ता अवैधानिक गतिविधिहरूलाई अविलम्ब सच्चाइ संगठनको हकहितमा लागि पर्न सम्पूर्ण नेतृत्वगणलाई अनुरोध गर्दछु’, नेपालले भने ।

उनले भने, ‘हरेक तप्काको नेतृत्व चयन प्रक्रिया अधिवेशनबाट मात्रै सम्भव र न्यायोचित हुने भएकाले परिषदको केन्द्रीय नेतृत्व पनि अधिवेशनबाट मात्रै आउन सम्भव रहेकाले २०८१/०१/२५ गतेको पत्राचार र निर्णयानुसार नै केन्द्रीय अधिवेशन हुने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।’

‘अधिवेशनका लागि सम्पूण स्ववियु सभापति, पदाधिकारी एवम् सदस्य र नेविसंघ केन्द्रीय कार्यसमितिका नेताहरूलाई सहयोगका लागि अनुरोध गरिन्छ’, अध्यक्ष नेपालले भनेका छन् ।

स्वतन्त्र युनियन परिषद नेपालको ०८१/०१/२५ को विज्ञप्तिअनुसार परिषदको अधिवेशन ०८१ चैत २६ गते तोकिएको र सोही निर्णय बमोजिम आवश्यक सम्पूर्ण तयारीहरू भइरहेको भन्दै अध्याक्ष नेपालले पदको दुरुपयोग नगर्न सचेत गराएका हुन् ।

Published : Wednesday, 2024 May 29, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया