गृहमन्त्री लामिछानेद्वारा २० जना एसएसपीहरूको सरुवा तथा काजसरुवा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा र काज सरुवा गरेका छन् ।
बुधबार साँझ प्रहरी हेडक्वाटरले जारी गरेको सूचनाअनुसार गृहमन्त्री लामिछानेले एसएसपीहरूको सरुवा र काजसरुवा गरेका हुन् ।
विश्व अधिकारीलाई बागमती प्रदेश कार्यालय अपराध महाशाखा हेटौँडा, ओमप्रसाद अधिकारीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, तारादेवी थापालाई विपद व्यवस्थापन कार्यालय सामाखुसी, दीपशम्शेर जबरालाई प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, रमेशकुमार बस्नेतलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, शारदाप्रसाद चौधरीलाई प्रदेश प्रहरी कार्यालय भैरहवा, प्रज्वल महर्जनलाई प्रदेश प्रहरी कार्यालय बनेपामा सरुवा भएको छ ।
जयराज सापकोटालाई प्रदेश प्रहरी कार्यालय धरान, गोविन्द थपलियालाई प्रहरी प्रधान कार्यालय मावश्रोत विकास विभाग वृत्ति विकाश महाशाखा नक्साल, भोलाबहादुर रावललाई अपराध नियन्त्रण महाशाखा पोखरा (काज प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल), डम्बरबहादुर बिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, अरुण पौडेललाई अख्तियार अनुसन्धान आयोग नक्साल, दीपेन्द्र क्षेत्री जिसीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा तथा काजसरुवा भएको छ ।
माधवप्रसाद श्रेष्ठलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा तुलसीपुर, दिनेशकुमार आचार्यलाई लागुऔषध नियन्त्रण व्यूरो काठमाडौं, दीपककुमार बस्नेतलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल, किसनसिंह थापालाई उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरी, सुदर्शनप्रसाद कोइरालालाई केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाट, मनोजकुमार यादवलाई मधेश प्रदेश कार्यालय अपराध अनुसन्धान महाशाखा जनकपुर र ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालय नक्सालमा सरुवा भएको छ ।


क

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया