सहकारी काण्डमा लामिछाने पिँजडामा परिसके, दोषी भए कारबाही : कांग्रेस सहमहामन्त्री उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानको घेरामा आइसकेको बताएकी छिन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यायले सहकारीको करोडौं रकम अपचलन प्रकरणमा लामिछानेलाई दोषी पाइए कारबाही हुने बताइन् । गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम लगेको पुष्टि भएमा लामिछाने जोगिन सम्भावना नरहेको उनले बताएकी छिन् ।

‘कांग्रेसले घुँडा टेकेको छैन । रवि पिँजडामा परिसकेका छन्’, सहमहामन्त्री उपाध्यायले भनिन्, ‘रवि जोडिएको सहकारी र गोरखा मिडिया नेटवर्क प्रालि अनुसन्धानको घेरामा तानिएको छ ।’

उनले भनिन्, ‘गलत गरेको भए जोगिँदैनन् । संसदीय छानविन समितिले सत्यतथ्य कुरा छानविन गरेर बाहिर ल्याउँछ ।’

Published : Wednesday, 2024 May 29, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया