गृहमन्त्री लामिछानेद्वारा २५ सह–सचिवहरूको सरुवा, केही जिल्लामा सीडीओ परिवर्तन

काठमाडौं । गृह मन्त्रालयले २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा र पदस्थापन गरेको छ ।

बुधबार गृहमन्त्री रवि लामिछानेले सहसचिवको सरुवा र पदस्थापना गरेको सूचनामा उल्लेख छ । लामिछानेले केही जिल्लाका सीडीओलाई समय नपुग्दै सरुवा गरिदिएका छन् ।

रामचन्द्र तिवारीलाई जिल्ला प्रशासन कार्यालय सुनसरी, तीर्थराज चिलुवाललाई मकवानपुर, अरुण पोखरेललाई नवलपुर, भीष्मकुमार भुषाललाई गृह मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखा, तीर्थराज भट्टराईलाई कसूरजन्य सम्पत्तिव्यवस्थापन विभाग, विष्णुप्रसाद कोइरालालाई पाँचथर, बसन्त अधिकारीलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण महाशाखा, गोपालबहादुर हमाललाई गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा, स्कीम श्रेष्ठलाई नवलपरासीमा सरुवा तथा पदस्थापना गरिएको छ ।

राजेन्द्रदेव पाण्डेलाई धादिङ, सूर्यप्रसाद सेढाईलाई काभ्रेपलाञ्चोक, रुद्रादेवी शर्मालाई बर्दिया, जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभाग, कल्पना श्रेष्ठलाई ईलाम, ईन्द्रदेव यादवलाई चितवन, भुपेन्द्र थापालाई सिन्धुपाल्चोक, सुरेश पन्थीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नरबहादुर थापालाई भोजपुरमा सरुवा तथा पदस्थापना गरिएको छ ।

नारायणप्रसाद सापकोटालाई कञ्चनपुर, गोपालकुमार अधिकारीलाई सर्लाही, कोमलप्रसाद धमलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण वा अन्तर्गत, किरण थापालाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, भरतमणि पाण्डेलाई कास्की, बासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत र मेखबहादुर मंग्रातीलाई सप्तरीमा सरुवा तथा पदस्थापना गरिएको छ ।

Published : Wednesday, 2024 May 29, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया