एमसीसीको बिरोध गर्ने ज्ञानबहादुरहरू लामिछानेलाई अमेरिकाको भिषा माग गरेर काठमाडौंमा प्रदर्शन

काठमाडौं । बलत्कारको अभियोगमा केही समय अगाडि उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीप लामिछानेलाई अमेरिकाको भिषा माग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ र उनको समूहले प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंमा शाहीको समूहले लामिछानेलाई अमेरिकाको भिषा माग गरेर प्रदर्शन गरेको हो । लामिछानेलाई भिषा नदिनुको कारण अमेरिकाले आन्तरिक रहेको भन्दै बताएको छैन ।

लामिछानेलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेको छ । लामिछानेले भिषा नपाउँदैमा कुनै आकाश नै खस्दैन ।

अचम्मको कुरा त के छ भने ? अमेरिकाको कार्यक्रम एमसीसीको बिरोध गर्दै आएका शाहीलाई अहिले आएर भिषा चाहिएको छ ।

एमसीसीको बिरोध गर्नेहरूलाई अहिले आएर भिषा चाहिएपछि विभिन्न खालका प्रश्न उठेको छ । शाही जस्ता ढोंगी र नौटंकीहरूले देखाएको रमितालाई सबैले रमाइलो मानेर हेरेका छन् ।

शाही जस्ता बोलीको ठेगान नभएका नेताको पछाडि लागेर नारावाजी र अमेरिकी दूतावास घेराउन गर्न हिँडेका युवाहरूलाई धेरै भेँडा भनेर सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

शाहीलाई अहिले आएर भिषा चाहिने रहेछ । किन उनले अमेरिका र अमेरिकाले दिएको सहयोग एमसीसीको बिरोध गरेको हो ? प्रश्न उठेको छ ।

अमेरिकाले भिषा दिँदैन भने जोडबल वा प्रदर्शन गरेर दवाव दिन आवश्यक छैन । अमेरिकाले बलत्कारको अभियोगमा जेलमा थुनिएर बाहिर आएका तथा उच्च अदालतबाट सफाइ पाएका लामिछानेले नेपालको क्रिकेट धानेका छैनन् । लामिछानेभन्दा राम्रो क्रिकेट खेल्न सक्नेहरू नेपालको टिममा छन् ।

महिला साथी, छोरीबेटी नचिन्ने यस्ता लामिछाने (राष्ट्रका गहना भनेर व्याङ्ग्य)लाई अमेरिकाले भिषा नदिएर ठीक गरेको भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।

Published : Wednesday, 2024 May 29, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया