सभापति खतिवडाद्वारा गृहजिल्लाका शेर्पालाई सगरमाथा बेस क्याम्पमै पुगेर दिए बधाइ

सोलुखुम्बु । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सगरमाथाको सफल आरोहण गरेका गृहजिल्ला ओखलढुङ्गाका बाबु शेर्पालाई स्वागत गर्दै बधाइ दिएका छन् ।
बुधबार बेस क्याम्पमै पुगेर सभापति खतिवडाले शेर्पालाई बधाइ दिएका हुन् । शेर्पासहित ६ जनाको समूहले सगरमाथाको सफल आरोहण गरेर बेस क्याम्पमा फर्किएको छ ।
सभापति खतिवडाले भनेका छन्, ‘आज सगरमाथा दिवस । म सगरमाथा बेस क्याम्पमा । ओखलढुङ्गाका बाबु शेर्पालगायत ६ जना साथीहरू सगरमाथा सफलता पूर्वक आरोहण गरी बेस क्याम्प झर्नु भएको थियो । मलाई त्यहिँ पुगेर बधाई तथा धन्यवाद दिने अवसर बाबु शेर्पाले नै मिलाउनु भयो । सबैलाई बधाई छ ।’
ओखलढुङ्गा स्थायी घर भएका शेर्पालाई बधाइ दिएर सभापति खतिवडा बुधबार नै सगरमाथा बेस क्याम्पबाट काठमाडौं फर्किएका छन् ।

बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया