कलंकीबाट टोले गुण्डाहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सुरज कार्की र अभिषेक सिंहलाई पक्राउ गरेको छ ।

कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा कार्की र सिंहलाई पक्राउ गरिएको एसपी नवराज अधिकारीले बताएका छन् ।

कार्की र सिंहले स्थानीयलाई धम्क्याएर पैसा असुली गरेको उजुरीका आधारमा पक्राउ गरिएको एसपी अधिकारीले बताएका छन् ।

मागेको समयमा पैसा नदिँदा कार्की र सिंहको समूहले मानिसहरूलाई कुटपिट गर्ने गरेको अभियोग छ ।

पक्राउ परेकामध्ये सिंह बैंकिङ कसूर मुद्दामा फरार रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

कार्की र सिंह कलंकी क्षेत्रमा गुण्डागर्दी लगायतका अराजक गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ ।

Published : Wednesday, 2024 May 29, 3:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया