वरिष्ठ गायक शिशिर योगीको स्वरमा ‘बुद्ध जीवन’ सार्वजनिक

काठमाडौं । वरिष्ठ गायक शिशिर योगीको स्वरमा ‘बुद्ध जीवन’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको रचना नेपाल सरकारका पूर्व मुख्यसचिव समेत रहेका केशवराज राजभण्डारीले गरेका छन् ।

राजभण्डारीको रचनामा केही भजनहरू पनि आएका छन् । उनले अध्यात्मसम्बन्धी थुप्रै पुस्तक पनि प्रकाशित गरेका छन् ।

बुद्ध जयन्तीको अवसरमा ल्याइएको ‘बुद्ध जीवन’लाई वरिष्ठ संगीतकार राजु सिंहले संगीत दिएका छन् । संगीतको संयोजन गोपाल रसाइलीले गरेका छन् ।

‘बुद्ध जीवन’को छायाङ्कन र दृश्य सम्पादन वीरेन्द्र भाटले गरेका छन् । गीतको म्युजिक भिडियोमा गायक योगी अफिसियल युट्युव च्यानलबाट रिलिज भएको छ ।

योगीको युट्युव च्यानलबाट मानिस खोजिरहेछु, कर्णालीपारि, बोल्ने कोही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ ? जस्ता गीत राखिएका छन् ।

गायक योगीलाई ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ बोलको गीतबाट निकै रुचाइएको थियो । उनको सबै गीत राम्रा छन् । तर, ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ले वरिष्ठ गायक योगीलाई मानिसको मन, मस्तिष्कसम्म पुर्‍याइदिएको छ ।

Published : Wednesday, 2024 May 29, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया