सहकारी ठगका आरोपी लामिछानेविरुद्ध समिति माग गरेको कांग्रेसले दलको बैठक बोलायो

काठमाडौं । संसदीय छानविन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सहकारीको झण्डै १ अर्ब रुपियाँ अपचलन र ठगी गरेको आरोप लागेका रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गर्दै आएको कांग्रेसले जेठ १५ गते बिहान १० बजे दलको बैठक बोलाएको सूचनामा उल्लेख छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवन, ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले मंगलबार जेठ १५ गतेको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नेछ । कांग्रेसले संसदीय छानविन समिति गठन भएन भने सरकारलाई बजेट पनि पेश हुन नदिने चेतावनी दिएको छ ।

मंगलबारको संसद बैठकमा सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेट पेश गर्ने तयारी गरेको छ ।

Published : Monday, 2024 May 27, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया