सभापति देउवाद्वारा रङ्गमती शाही नेतृत्वको विभागमा सदस्यहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पिछडिएको क्षेत्र समन्वयन विभागमा १० जनालाई सदस्यमा मनोनीत गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर कांग्रेसले सभापति देउवाले विधान २०१७ (संशोधनसहितको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख रङ्गमती शाहीको नेतृत्वमा रहेको पिछडिएको क्षेत्र विभागको सदस्यहरूमा १० जनालाई मनोनीत गरेका हुन् ।

विभागमा मनोनीत हुनेमा डोल्लाबाट दुधकुमारी हमाल, रौतहटबाट डा.सम्झना खातुन, काठमाडौंबाट स्मारिका सिंखडा, धादिङबाट उत्तम सिंखडा, भोजपुरबाट रामकुमार राई रहेका छन् ।

बाजुराबाट ऐनबहादुर मल्ल, पाल्पाबाट अर्जुनप्रसाद रेग्मी, हुम्लाबाट नरबहादुर रोकाया, दैलेखबाट हरिशंकर तिमिल्सेना र बागलुङबाट हीराप्रकाश गौचन रहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

Published : Monday, 2024 May 27, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया