गिरिबन्ध टि इस्टेट जग्गा काण्डमा एमालेको अभिव्यक्तिप्रति कांग्रेस नेता खतिवडाद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सत्तारुढ दल एमालेप्रति लक्षित गरेर राजनीतिमा बखेडा निकाल्ने पद्धतिको विकास भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत खतिवडाले एमालेका अध्यक्ष केपी ओलीका विषयमा उठेको सार्वजनिक आरोपका विषयमा एमालेका नेताहरूबाट आएका अभिव्यक्तिप्रति चिन्ता जनाएका हुन् ।
खतिवडाले भने, ‘राजनीतिमा निहुँ खोज्ने पद्धतिको बिकास भयो । म जे भन्छु त्यो ठिक अरु सबै बेठीक । यो भाश्यले हामी कहाँ पुग्ने हो ?’
एमालेका अध्यक्ष ओली तत्कालीन समयमा प्रधानमन्त्री रहेका बेला गिरिबन्धु टि इस्टेट प्रा.लि.को ४३४ बिघा जग्गा सट्टापट्टा गर्न दिने नीतिगत निर्णय गरेका थिए । ओलीको त्यो निर्णय कानून विपरित रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
गिरिबन्धु टि इस्टेटको जग्गा प्रकरणमा ओलीले नीतिगत घोटाला गरेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले छानविनको माग गरिरहेको छ ।
कांग्रेसको मागपछि आत्तिएको एमालेका उपाध्यक्ष विष्णु पौडेलले विरोध जनाएका छन् । पौडेलले कांग्रेसले गिरिबन्धु टि इस्टेटको जग्गा प्रकरणमा अध्यक्ष ओलीलाई लगाएको आक्षेपप्रति माफी माग्नुपर्ने बताएपछि कांग्रेसका नेता खतिवडाले आपत्ति जनाएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया