लिङ्देन आफ्नै अन्यायपूर्ण निर्णय सच्याउन बाध्य, २ पूर्वअध्यक्षको अडानसहित ९० प्रतिशतको दवावपछि निलम्बन फुकुवा

काठमाडौं । राप्रपाका तीन युवा नेता कार्यकताले न्याय पाउने भएका छन् । केन्द्रीय कार्य समितिको ९० प्रतिशत सदस्यले निलम्बन फुकुवा गर्न दवाब दिएपछि अध्यक्ष राजेन्द्र लिङ्देन सो निष्कर्षमा पुग्न बाध्य बनेका हुन् ।

पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्तक्षेप गरेर पार्टी अध्यक्षलाई बहुमत केन्द्रीय सदस्यहरूको भावना कदर गर्नुपर्दछ भनेर प्रजातान्त्रिक विधि सम्मान गर्न सुझाएका थिए । नत्र भने अध्यक्ष निलम्बन फुकुवा नगर्ने, बरु भीडन्त गराएर पार्टीमा फुट सिर्जना गर्ने अडानमा थिए ।

अध्यक्ष निकट एक पदाधिकारीले आज बैठकको चौथो दिन स–सम्मान प्रेम बलायर, रिद्दिप्रताप राणा र निराजन बममाथिको निलम्बन फुकुवा घोषणा गरिने बताए ।

जेठ ११ बाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठक तेस्रो दिन समापन गर्ने पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरेर लिङ्देन आफ्नै ‘अन्यायपूर्ण निर्णय’ सच्याउन बाध्य भएका हुन् ।

विवाद मिलाउन यसअघि नै कार्य सम्पादनले अध्यक्षलाई पूर्ण अधिकार दिएको थियो ।

बैठकको तेस्रो दिन समापन हुनु पर्नेमा, निर्धारित कार्यक्रम स्थगन गरेर साढे ११ बजे नै अध्यक्ष लिङ्देनले अप्रत्यासित रुपमा बैठक स्थगन घोषणा गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

औकात, मर्यादा, पार्टी अनुशासनभन्दा बाहिर गएर अराजक हर्कत गरेपछि केही समयअघि नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा कुटाइ खाएका थिए ।

यसपश्चात राप्रपाले बलायर, राणा र बमलाई चार वर्षको लागि निलम्बन गर्दै मुद्दा चलाउने निर्णय गरेको थियो । तीन जनासहित उपाध्यक्ष विक्रम पाण्डे उपर ज्यान मार्ने उद्योगको उजुरी दायर गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै महान्यायधिवक्ताको कार्यालयले सो मुद्दा दर्ता नगरी फिर्ता पठाएको थियो ।

Published : Monday, 2024 May 27, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया