केन्द्रमा ४ मन्त्रालय लिएर बसेको नयाँ दल संघीयता विरोधी हो : प्रचण्डविक्रम न्यौपाने

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य प्रचण्डविक्रम न्यौपानेले केन्द्र सरकारमा चार वटा शक्तिशाली मन्त्रालय लिएर बसेको नयाँ राजनीतिक दलको सहकारी ठगी प्रकरणमा लुम्बिनी प्रदेश सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
आइतबार देउखुरीको मसुरियास्थित लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै न्यौपानेले सहकारीको रकम अपचलन र ठगी प्रकरण गम्भीर बनेर गएको बताए । उनले भने, ‘आज सहकारीको विषय उठेका छन् । बुटवलबाट यहाँ मन्त्रीहरू हुनुहुन्छ । सांसदहरू हुनुहुन्छ । अघि माननीयज्यूले पनि भन्नुभयो ।’
‘तर, यो हाम्रो यो प्रदेशमा उठेका आवाजहरूलाई यो प्रदेशले सम्बोधन गर्न सक्ने कि नसक्ने ? सहकारीको विषय हामीले उठाउने हो कि होइन मुख्यमन्त्रीको ध्यान जान आवश्यक छ’, न्यौपानेले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी र त्यो पार्टीका सभापति रवि लामिछानेको नाम नलिएर न्यौपानेले भने, ‘माथिको गठबन्धनको सरकारमा शक्तिशाली मन्त्रालय लिएर बसेको एउटा नयाँ दल छ जसले संघीयता मान्दैन भन्छ । अनि यो संघीयताप्रति कसरी यो केन्द्रीय सरकार जिम्मेवारीसँग अगाडि बढ्छ ? भन्ने मेरो प्रश्न छ ।’
‘मैले भन्न खोजेको नयाँ दललाई हो । चार वटा शक्तिशाली मन्त्री लिएर बस्नु भएको छ’, उनले भने ।
‘भरखरै योभन्दा अगाडिको निर्वाचनमा झुक्किनु भयो होला लाग्यो । तर, झुक्किएको रहेन छ’, उनले भने, ‘यो संघीयताप्रति अविश्वास रहेछ । इलामको उपनिर्वाचनमा उहाँहरूले भाग लिइसके पछाडिको त्यसले प्रस्तुत गरेको छ ।’
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया