सहकारी काण्डमा लामिछाने मात्रै होइन, एमालेका थुप्रै नेता र सांसद पनि जेल जान्छन् : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सहकारी ठगीमा रवि लामिछानेका साथै एमालेका थुप्रै नेता र सांसदहरू जेल जाने भएपछि केपी ओलीले संसदीय छानविन समिति बनाउन नमानेको बताएका छन् ।

आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले आयोजना गरेको सहकारी ठगविरुद्धको खुला सभालाई सम्बोधन गर्दै बानियाँले ओलीले एमालेका नेता र सांसदहरूलाई बचाउन समिति बनाउन नमानेको बताए । रवि लामिछाने मात्र नभइ एमालेका थुप्रै नेताहरू सहकारी ठगीमा जेल जाने उनले बताएका छन् ।

सभापति बानियाँले भने, ‘सहकारीमा कुरा गर्ने हो भने अहिले केपी ओली किन ढाकछोप गरिरहेका छन् ? केपी ओलीका मान्छे सहकारीमा ७५ प्रतिशत छन् ।’

‘धेरै माननीय र मान्छेहरू जेल जाने भनेर रविलाई बचाएको होइन, उहाँले आफ्नो सहकारी रहेका मान्छे धेरै छन्’, उनले भने, ‘सहकारीमा अब पर्दाफास हुनेवाला छ । एमालेका धेरै नेताहरूले सहकारीमा ठगी गरेका छन् ।’

उनले भने, ‘रविको संरक्षण होइन कि आफ्नो सहकारीका मान्छेहरूको संरक्षण गरेको हो । हाम्रा पनि कोही सहकारीमा परेका छन् भने हामी संरक्षण गर्दैनौँ ।’

सभापति बानियाँले भने, ‘जो गृहमन्त्री हुनुहुन्छ । जबजब देशमा संकट पर्छ । ०६२/६३ को आन्दोलन हुने बेला भयो उहाँ (रवि लामिछाने) देश छोडेर अमेरिका भाग्नुभयो । देशमा आफ्ठ्यारो भयो भनेर ।’

‘उहाँले ग्यालेक्सी टिभी खोल्नुभयो । अब टिभीमा समस्या आउन थाल्यो भनेर टिभीबाट जेजे कुम्ल्याउनु पर्ने थियो कुम्ल्याएर टिभी छोडेर यतातिर आफ्नो जीवन र ठगी बचाउनको लािग हामफाल्नुभयो’, बानियाँले भने ।

उनले भने, ‘सहकारी ठगीमा केपी ओलीले पार्टी र आज रविको किन संसदीय समिति नबनाउनलाई जोडजुलुम भइरहेको छ ? नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा सरकारबाट केही राजस्वसम्बन्धी गोप्य सूचना व्यक्तिमा फाइदा हुन गयो भन्दा तत्कालीन प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवाको नेतृत्वमा भएको मन्त्रिपरिषदमा अर्थमन्त्रीलाई संसदीय समिति बनाउन प्रतिपक्ष एमालेले भन्यो, हामी बनाउन तयार भयौँ । अनेक काण्डका सुनसमिति बन्यो ।’

‘आज समिति किन बन्दैन ? जोरजबरजस्ती, अराजकता र संसदभित्रको अमर्यादित ढङ्गको प्रस्तुति किन भइरहेको छ ? यो गम्भीर विषय छ’, सभापति बानियाँले भने ।

‘कांग्रेसले जनतालाई सुसूचित गर्नको लागि कि यो जबरजस्ती यो जुन ग¥यो यसको लागि सदन र सडक दुबै जनतालाई सुसूचित गर्न रोजेको हो’, उनले भने ।

‘संसदीय मूल्य र मान्यतामा जबरजस्ती गरियो भने यो गणतन्त्र यदि तलमाथि…हामी व्यवस्थाको रक्षाको लागि, गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले राजनीति गरेको हो । यसको जिम्मेवारी कांग्रेसले लिन्छ’, बानियाँले भने ।

‘आज सरकारमा बस्ने गैह्रजिम्मेवार भएर बस्ने यो गणतन्त्रलाई कमजोर बनाउनलाई सरकारमा बसेर गणतन्त्र असफल बनाउनलाई संघीयता नचाहिने शक्तिसँग सरकारमा रहने । आज रवि लामिछाने संघीयता र प्रदेशको विरोधी’, उनले भने ।

‘केपी ओली एकात्मक राज्य प्रणालीमा लाग्ने । आज जुन गठबन्धन भएको छ । यो गणतन्त्रलाई कतै खतरा भयो भने अबको गणतन्त्रलाई कहिँबाट खतरा छभने अहिलेको वर्तमान प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गणतन्त्र खतरामा छ’, बानियाँले भने ।

‘उहाँले यो गणतन्त्रमा आफू जसरी आउनुभयो, संसदीय व्यवस्थामा गतिविधि ठीक भएन । केपी ओली संघीयताप्रति इमान्दार देखिएनन्’, सभापति बानियाँले भने ।

‘संसदलाई मर्यादित ढङ्गले प्रस्तुत नगर्ने, प्रतिपक्षले विरोध गरिरहेको सभामा वेल घेरिरहेको ठाउँमा सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीले हाम्रा उपसभापति भएको ठाउँमा प्रभोग (उत्तेजित) गरेर निहुँ खोज्न जाने र प्रभोग गरेर उत्तेजना बढाउने काम गर्न मिल्छ ? केपी ओलीको जुन व्यवहार देखियो आमसञ्चारकर्मी र देश दुनियाँले हेरिरहेको छ’, सभापति बानियाँले भने ।

उनले भने, ‘मानवता विरोधीहरूको विरुद्धमा आजको आन्दोलन हो । मान्छे मार्नेहरू सरकारमा छन् । किन भने हामी मान्छे बचाउनलाई हिँडेको हो ।’

Published : Sunday, 2024 May 26, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया