मित्रपार्क र माकलबारीमा प्रहरी छापा, धादिङकी सरस्वतीसहित २२ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका मित्रपार्कस्थित उमा गुरुङको घरमा रहेको गेष्ट हाउसमा छापामारेर सात जनालाई पक्राउ गरेको छ ।

जेठ १० गते राति ८ः३० बजेको उमा गुरुङको ५ तले पक्की घरमा छापारेको प्रहरीले शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।

धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ घर भएकी वर्ष ३२ की सरस्वती गुरुङले संचालन गरेको ‘गुरुङसेनी गेष्ट हाउस’को पहिलो तल्लामा जुवातास खेलिरहेको स्थानमा प्रहरीले छापामारेको थियो ।

गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोली संचालिक सरस्वती गुरुङसहित ७ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

यता, जेठ ११ गते दिउँसो १ बजेको समयमा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीस्थित देवराज गिरीको ३ तल्ले घरमा पनि प्रहरीले छापामारेको छ ।

तेश्रो तलामा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोली उक्त स्थानमा छापामारेको थियो ।

तास खेलिरहेको अवस्थामा १५ जना मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको विज्ञप्तिमा उल्लेख छ ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मित्रपार्क र माकलबारीबाट २२ जनालाई पक्राउ गरेको छ । ती दुई स्थानबाट प्रहरीले नगद २ लाख ७० हजार ५ सय ५० रुपियाँ बरामद गरेको छ । ४ बुक तास पनि बरामद गरिएको छ ।

Published : Saturday, 2024 May 25, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया