प्रदर्शनीमार्गमा आइतबार हुन लागेको विशाल सभामा सहभागी हुन लुम्बिनी कांग्रेसको अनुरोध

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीले भोलि आइतबार काठमाडौंमा हुन लागेको प्रदर्शनलाई सफल बनाउने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपमफुड ल्याण्डमा बसेको लुम्बिनी कांग्रेसका नेताहरूको बैठकले आइतबार भृकुटीमण्डपभित्र हुन लागेको प्रदर्शनमा उल्लेख्य सहभागी गराउने निर्णय गरेको लुम्बिनी कांग्रेस कार्यसमितिका सदस्य मोतीलाल भण्डारीले बताए ।

भण्डारीले भने, ‘सहकारी ठगलाई कारबाही, सहकारीपीडितको बचत सकुशल फिर्ता, निरंकुश र अधिनायकवादी सरकारलाई खबरदारी, सहकारी ठगका आरोपी गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको माग राखेर भोलि आइबार हुन लागेको प्रदर्शनलाई सफल बनाउने निर्णय भएको छ ।’

सदस्य भण्डारीले भने, ‘गिरिबन्धु टि इस्टेटको जग्गा घोटालामा तत्कालीन प्रधानमन्त्री केपी ओलीको नीतिगत भ्रष्टाचारमा छानविन गरी कारबाहीको माग उठएका छौँ । त्यसमा पनि दवाव दिन्छौँ ।’

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयाअनुसार काठमाडौं कांग्रेसले भोलि आइतबार जेठ १३ गते काठमाडौंका भृकुटीमण्डपमा कांग्रेसले विशाल सभा गर्न लागेको छ । सभालाई सफल बनाउन कांग्रेसका विभिन्न संघ/संस्थाले तयारी गरिरहेका बेला लुम्बिनी कांग्रेसले पनि विशाल सभामा सहभागी हुन लुम्बिनीबाट राजधानीमा आइ विभिन्न पेशा, व्यवसायमा सहभागीहरूलाई अनुरोध गरेको छ ।

लुम्बिनी कांग्रेसका नेताहरूको बैठकमा लुम्बिनी कांग्रेस प्रदेशका सभापति अमरसिंह पुन, नेताहरू दीपक गिरी, देवेन्द्रराज कँडेल, चन्द्र भण्डारी, अब्दुल रजाक, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, संजय गौतम, रुपा बिक, नेताहरू सुरेन्द्र आचार्य, कुशुम थापा मगर, चन्द्र केसी, बिष्णुकुमारी सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 May 25, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया