ईला शर्मा सिटिजन्स बैंकको संचालकमा नियुक्त

काठमाडौं । निर्वाचन आयोगकी पूर्वआयुक्त ईला शर्मा सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा नियुक्त भएकी छिन् ।

बैंकका अध्यक्ष प्रबलजङ्ग पाण्डेले शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । उनी सर्वसाधारतर्फबाट सञ्चालकमा नियुक्त भएको बैंकले जनाएको छ ।

शर्मा कानूनमा विशेष अनुभव सँगालेकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा शर्माले एलएलएम गरेकी छिन् ।

उनले युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छिन् ।

अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव शर्मासँग छ ।

निर्वाचन सम्बन्धी कानून, नियमावली र निर्देशनमा संलग्न शर्मा उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छिन् ।

उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

Published : Friday, 2024 May 24, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया