सहकारी ठग र अधिनायकवादी सरकारविरुद्ध आन्दोलनको तयारीमा थापाद्वारा आफ्नो क्षेत्रका नेताहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेठ १३ गतेको प्रदर्शनको तयारी स्वरुप आफ्नो निर्वाचन क्षेत्रका पार्टीका नेताहरूसँग परामर्श गरेका छन् ।

बिहीबार काठमाडौं क्षेत्र नं. ४ का कांग्रेसको क्षेत्रीय कार्यसमितिको बैठक राखेर स्थानीय नेताहरूसँग महामन्त्री थापाले सडक आन्दोलनका विषयमा छलफल गरेको केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेले बताए ।

सहकारीमा भएको ब्रहम लुटको पर्दाफास गर्दै सहकारी ठगलाई सामाजिक बहिस्कार, एमाले नेतृत्वबाट गिरिबन्धु टि इस्टेटमा भएको नीतिगत भ्रष्टाचार, माओवादी शिविरमा भएको अनियमितता, जस्ता दर्जनौं भ्रष्टाचार काण्डको भण्डाफोर गर्न कांग्रेसले जेठ १३ गते काठमाडौंको प्रदर्शनी मार्ग भण्डाफोर कार्यक्रम गर्न लागेको छ ।

कांग्रेसको विरोध प्रदर्शन र भण्डाफोर कार्यक्रमको पूर्वतयारी स्वरुप काठमाडौं निर्वाचन क्षेत्र–४ को क्षेत्रीय कार्यसमितिको बैठकमा छलफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको करीव १ अर्ब रुपियाँ अपचलन र ठगी काण्डमा मुछिएका छन् । कांग्रेसले यो विषयको अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गर्दै आएको छ ।

Published : Thursday, 2024 May 23, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया