राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । सञ्चालक समितिले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाललाई नियुक्त गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको समितिको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खनाल बैंककै डेपुटी सीईओ थिए । खनाल ४ वर्ष सीईओमा नियुक्त भएका हुन् । सीईओ बन्न २० जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो ।

सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले खनालसहित नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीको नाम सर्टलिस्टेड गरेको थियो ।

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।

Published : Thursday, 2024 May 23, 4:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया