सभापति देउवाद्वारा लेखकलाई कार्यसम्पादन समितिमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रमेश लेखकलाई कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गरेका छन् ।

बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा देउवाले लेखकलाई कार्यसम्पादन समितिमा मनोनयनको प्रस्ताव राखेका थिए ।

‘नेपाली कांग्रेसका सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गर्न गर्नु भएको प्रस्ताव अनुमोदन गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रमुख सचेतक समेत रहेका लेखक सरकारसँगको वार्ताहरूमा सक्रिय रुपमा लागेका छन् ।

Published : Wednesday, 2024 May 22, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया